वामदेवले भने- म पार्टी अध्यक्ष किन नहुने ? कि म कि ओली अरुको नो चान्स

१६ चैत,काठमाडौं ।एमाले उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफू एमालेको अध्यक्ष हुने पर्ने बताएका छन्। एक दैनिकसंग कुरा गर्दै गौतमले माधव नेपाल भने अब कहिल्यै अध्यक्ष बन्न नहुने पनि बताएका छन्।
 bamdev gautam facebook pic
गौतम भन्छन्-माधव कुमार नेपाल अध्यक्ष बन्न हुन्न भन्ने मेरो पहिले देखीकै बिचार हो किनभने हाम्रो पार्टीमा झण्डै १६ वर्षसम्म कार्यकारी प्रमुख वा अध्यक्ष सरह भएर उहाँले पार्टी सञ्चालन गरिसक्नु भऐको छ। अब त्यस्तो जिम्मेवारी नपाएका तर त्यतिकै क्षमता भएकाले अध्यक्षका जिम्मेवारी पाउनु पर्छ ।'

आफू अध्यक्ष भन्ने संभावना रहेको भन्दै गौतमले आफू नभए केपी ओली अध्यक्ष बन्ने बताए।
उनी भन्छन,'एमाले पार्टीमा अध्यक्षको उम्मेदारको लागि म उत्तिकै जबर्जस्त दाबेदार हुँ । अब कि केपी ओली कि म- दुइ मध्य एक अध्यक्ष हुने हो। यसमा अर्को कुरै छैन्।


गौतमले आफू निष्पक्ष निर्वाचन गराउन सक्ने र पद्धती र सुशासनका पक्षमा काम गर्ने सक्ने नेता भएकाले सवै तर्सिने गरेको समेत बताए।
उनले आफूलाई कुनै सुनकाण्ड थाहा नभएको र स्थानिय निर्वाचनलाई प्रभाव पार्न कुनै काम नगरेको भन्दै छवि धुमिल पार्न विरोधीले चलाउने हल्लामा सधै जोडिने गरेको र यसमा भन्नु केहि नरहेको बताए ।

,

news and entertainment