जाल्टन इब्राहिमोभिच बने स्वीडेनका सर्वाधिक गोलकर्ता


 स्ट्राइकर जाल्टन इब्राहिमोभिच स्वीडेनको सर्वाधिक गोलकर्ता बनेका छन् ।
बिहीबार राति भएको इस्टोनियाविरुद्धको मैत्रिपूर्ण खेलमा इब्राहिमोभिचले दुई गोल गरे । यससँगै स्वीडेनका लागि उनको गोलसँगै ५० पुगेको छ ।

यसअघि स्वीडेनका लागि सर्वाधिक ४९ गोलको कीर्तिमान रीडेलको नाममा थियो । तर, खेल भने जाल्टनले बढी खेलेका छन् । रीडेलले मात्र ४३ खेलमा ४९ गोल गरेका थिए भने जाल्टनले ९९ गोलमा ५० गोल गरेका हुन् ।
खेलपछि ५० गोलमा उत्कृष्ट कुन भन्ने प्रश्नमा इब्राहिमोभिचले नोभेम्बर २०१२ मा इङ्ल्याण्डविरुद्ध करिव ३० यार्ड टाढाबाट ओभरहेड किकमा गरेको गोल उत्कृष्ट भएको बताए । ‘तर, सबै गोल महत्वपूर्ण छ’ उनले भनेका छन् ।
onlinekhabar.com

, , ,

news and entertainment