नेपालको सम्मान र गरिमा बढ्ने गरी प्रस्तुत हुन प्रधानमन्त्रीको आग्रह


काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीच बिग्रिएको सम्बन्धलाई समझदारीमा फर्काउने विषयलाई प्राथमिकतामा राखिने बताउनुभएको छ ।





भ्रमण दलमा सहभागी सदस्यहरूलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले नेपालको सम्मान र गरिमा बढ्ने गरी प्रस्तुत हुन आग्रह गर्नुभएको हो ।

भारत सरकारले यस भ्रमणलाई विशेष महत्व र गम्भीरताका साथ लिएकाले दुई देशबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।प्रधानमन्त्री ओली भोलिदेखि पाँचदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
news24nepal

,

news and entertainment